थारु विद्यार्थीमा अझै सहमति जुटेन, कीर्तिपुरमा प्रतिनिधिहरुको बिजोग

दोस्रो पटक आयोजना भएको थारु विद्यार्थी समाजको छैटौं राष्ट्रिय महाधिवेशनमा पनि किचलो देखिएको छ। अध्यक्ष र महासचिव पदमा कुरा नमिलेपछि छैटौं महाधिवेशन पनि विफलको संघारमा पुगेको छ। रमेश चौधरी समूहले अध्यक्षबाहेक सबै पदमा दाबी गरेपछि विवाद चर्किएको हो।

यता चन्द्रप्रसाद चौधरी समूहले भने अध्यक्ष र महासचिव दुबै पद आफ्नो समूहले पाउने दाबी गरिरहेका छन्। चन्द्रप्रसाद समूहले निर्वाचनमा जान दबाब पनि दिइरहेको छ। ‘सहमति नभएपछि लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन हुन्छ। किन हलो अड्काएर बस्नुपर्‍यो। हामी निर्वाचनमा जान तयार छौं,’ अध्यक्षका दाबेदार चन्द्रप्रसादले थारुवानसँग भने।

20160917024825_img_0603-1यता रमेश समूहले भने जसरी पनि ओमनारायण महतोलाई महासचिव बनाउने अडान राखेको छ। रमेशले निर्वाचनमै गएर टुंगो लगाउने बताए पनि शैलेन्द्र चौधरीले सहमतिमै जानुपर्ने र ओमलाई महासचिव बनाउनुपर्ने दबाब दिएको निर्वाचन मण्डलका एक जनाले बताए।

विद्यानअनुसार भने उनकाे क्राइटएरिया नपुग्ने निर्वाचन मण्डलले जनाएकाे छ।

शैलेन्द्रले प्रतिनिधि विवाद अझै रहेकाले त्यसमा पनि सहमति हुनुपर्ने अडान राखिरहेका छन्। यसअघि निर्वाचन मण्डलले फर्जी प्रतिनिधिलाई हटाएर करिब ४ सय ३१ प्रतिनिधिलाई अन्तिम रुप दिएको छ। तर शैलेन्द्र चौधरीले अझै फर्जी प्रतिनिधि रहेको आरोप लगाइरहेको उनको भनाई छ। प्रतिनिधि अनुसन्धान गर्दा बैठकमा सहभागी नहुने र अन्त्यमा आएर त्यही पुरानो कुरालाई अघि सारेर शैलेन्द्रले विवाद गर्न खोजेको उनले बताए।

बाघबजारको विद्यार्थी महासंघको हलमा दिनभरिको बैठकमा पनि सहमति हुन नसकेपछि प्रतिनिधिहरुको दबाबले बैठक टोली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा ल्याइएको छ। यहाँ पनि मूल आयोजक समिति र निर्वाचन मण्डलको बैठक बस्ने बताइएको छ।

tharu-student-02प्रतिनिधिहरुको बिचल्ली

मूल आयोजक समिति सहमतिको प्रयास गरिरहँदा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुको भने बिचल्ली भएको छ। उनीहरु अहिले पनि त्रिभुवन विश्वविद्यालयमा तीतर बितर भएका छन्। उनीहरुले होटलको पनि व्यवस्था आयोजकले नगरेको गुनासो गरेका छन्। लामो यात्राबाट महाधिवेशनका लागि आएका उनीहरु नेतृत्ववर्गका कारण निरास बनेका छन्। ‘चितवन विफल भएको महाधिवेशनले राजधानीमा पूर्णता पाउला भनेर उत्साहित भएर आइयो। मूल आयोजक कमिटीको रवैया देखेर परेसान बनायो,’ बर्दियाका एक प्रतिनिधिले भने।

Leave a Reply

Your email address will not be published.