टीकापुर घटनामा पक्राउ परेका कैदी परिवारका छोराछोरीलाई कापी कलम

राजधानी बस्ने थारु विद्यार्थीहरुले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। विमल चौधरीको नेतृत्वमा गएको टोलीले टीकापुरको जोसीपुरस्थित झबहीमा कार्यक्रम गरी पक्राउ परेका २५ कैदी परिवारलाई सहयोग गरेको हो। उनीहरुले कापी, कलम, पेन्सिल, मसी, ब्यागलगायत शैक्षिक सामग्री सहयोग गरेका थिए।

Bimal- Tharu Student 05अभिभावक नै जेलमा भएपछि उनीहरुको परिवारमा विचल्ली भएको र छोराछोरीलाई पढ्नसमेत गाह्रो भएको खबर सञ्चारमाध्यममा आएपछि उनीहरुका लागि शैक्षिक सामग्री जुटाउन अभियानमा लागेको विमल चौधरीले बताए। ‘आर्थिक संकलन गरेर कैदीका छोराछोलाई शैक्षिक सामग्री किन्यौं। आज त्यही सामग्री भाइबहिनी र उहाँहरुको परिवारलाई दिन पाउँदा खुसीको सीमा छैन,’ विमल चौधरीले टेलिफोनमा भने। उनले सबैले आ-आफ्नो स्थानबाट सकेको सहयोग गर्न अपिलसमेत गरे। यसले उनीहरुको पीडमा महलम लगाउने प्रयास हुने उनले बताए।

Bimal- Tharu Student 04
कार्यक्रममा थारु अधिकारकर्मी दिलबहादुर चौधरी, थरुहट आन्दोलन कैलालीका अगुवा माधव चौधरी, ठाकुर करिय प्रधानलगायतको उपस्थिति थियो। उनीहरुले राज्यले गरेको विभेदप्रति आक्रोशित बने। झुठो अभियोग लगाएर कैदी बनाएका थारुहरुलाई तत्काल रिहाइ गर्नुपर्ने माग उनीहरुले गरे।

Bimal- Tharu Student 03

Bimal- Tharu Student 02

Bimal- Tharu Student 01

Leave a Reply

Your email address will not be published.