घोडाघोडीमा रुखलाई बनाइयो ‘भ्यु टावर’

लखन चौधरी कैलाली।

घोडाघोडी तालको दृष्य अवलोकन गर्न ताल छेउमै रहेको एउटा ठूलो रुखलाई नै भ्यु टावर बनाइको छ । कैलालीको घोडाघोडी नगरपालिकास्थित विश्व रामसार सुचीमा समेत सुचीकृत उक्त तालको अवलोकनमा सहजता आओस तथा पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर टावर निर्माण गरिएको हो । साथै केही मानिस बस्न मिल्ने चौतारो आकारमा टावरको चुचुरो पनि बनाईको छ ।

हरियो वन नामक गैर सरकारी संस्थाको एक लाख २८ हजारको आर्थिक लगानीमा निर्मित उक्त टावर हालै कैलालीका जिल्ला वनअधिकृत डा. सिन्धुप्रसाद ढुंगाना उद्घाटन गरेका थिए ।

उनले टावरके टिकाउपनामा शंका नगर्न आग्रह गर्दे भने–‘टावर सालको रुखमा जडान गरिएकोले, रुखको आयु जहाँसम्म रहन्छ, त्यहाँसम्म नै टिकाउ हुने प्रविधिको प्रयोग गरिएको छ ।’ सालको रुखलाई बहुयामिक रुखको रुपमा लिइन्छ ।

औषत चार मिटर भन्दा वढी गहिराई र २७२६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्र तराई क्षेत्रको सवभन्दा ठूलो ताल तथा सिमसार क्षेत्र हो । सन २००३ अगस्त १३ मा विश्व रामसार सूचीमा समेत सूचीकृत भैसकेको ताल क्षेत्र जैविक विविधता, जलप्राणी, वनजन्तु, चराचुरुगीको प्रमुख बासस्थान तथा प्रजनन केन्द्र बन्न सफल भएको छ । जसलाई आजभोलि ‘नेचुरल जु’ को नामले समेत चिनिन थालेको हो ।

जहाँ ४५० प्रजातिका वनस्पति, ३१ प्रजातिका माछा, १८४ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, ७ प्रजातिका घस्रने जीवजन्तुहरु पाइन्छन् ।

त्यस्तै दैनिक संयौ आन्तरिक तथा वाह्य पर्यटनक अवलोकनको लागि आउने गरेको सरोकारवालाहरुको भनाई छ ।

ताल र तालको छेउमा रहेको मन्दिरको आफ्नै ऐतिहासिक र मौलिक विशेषता रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।

एक किवदन्ती अनुसार परापूर्वक कालमा भगवान विष्णुले घोडा र लक्ष्मीले घोडीको रुप धारण गरी ताल क्षेत्रको परिक्रमा गरेको हुनाले तालको नाम घोडाघोडी रहन गएको जनविश्वास रहेको पाइन्छ । तर घोडाघोडीको नामाकरण भने थारू समुदायको कुल देवता ‘घोरी (पोथी) र घोरा (भाले)’ बाट घोरीघोराबाट घोडीघोडा हुन गएको हो । पछि गएर उक्त नाममा भएको शब्दलाई अगाडी पछाडी राखेर घोडाघोडी भन्न थालिएको हो ।

घोडाघोडी तालको दृश्य

उहिल्यैदेखि हालसम्म तालको किनारमा घोडीघोडा मन्दिर रहेको छ । जुन मन्दिर आदिवासी थारू समुदायको देव थनुवा हो । जुन थनुवामा थारु समुदायले आफ्नै मौलिक ढंगले पूजाआजा गर्दै आएका छन् । भने मन्दिरमा माटाका घोडाहरुको मुर्ती मात्रै रहेका छन् । सिमसार क्षेत्र वरिपरी स्थानीय आदिवासी थारु समुदायको बाक्लो वस्ती रहदै आएको छ ।

Leave a Reply

Your email address will not be published.