करेन्ट लागेर जहदा गाविस मजौनीका नेकपा (एमाले) नवलपरासी क्षेत्र नं ५ का क्षेत्रीय इन्चार्ज ५० वर्षीय परशुराम चौधरीको आज निधन भएको छ।
निर्माण हुँदै गरेको घरमा बिजुली चुहिँदा सो घटना भएको प्रहरीले जनाएको छ। एमालेका जिल्ला सचिवालय सदस्य समेत रहेका चौधरीको आजै त्रिवेणीमा दाहसंस्कार गरिने छ। चौधरीका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।
करेन्ट लागेर एमाले नेता परशुराम चौधरीको मृत्यु
