रातो गाउनदेखि मिस इन्टरनेशनलको ताजसम्म [फोटो फिचर]

 Barsha Lekhi 05

थारु समुदायकी प्रतिस्पर्धी वर्षा लेखी मिस नेपाल २०१६ को सेकन्ड रनरअप हुँदै मिस इन्टरनेशनलको उपाधि जितेकी छन्। उपाधीसँगै उनले ५० हजार र नेपाल वायुसेवाको टिकट जितिन्। उनले मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। राजधानीको अन्नपूर्ण होटलमा भएको अन्तिम स्पर्धामा सहभागी १९ प्रतिस्पर्धीमध्ये लेखीले उक्त उपाधि जितेकी हुन्। मिस नेपालको टाइटल भने अस्मी श्रेष्ठ र फर्स्ट रनरअप रोशनी खत्री भइन्। 

Barsha Lekhi 06

फत्तेपुर, सप्तरीकी वर्षा २२ वर्षीया वर्षा वातावरण विज्ञानमा बीएस्सी गरेकी छन्। ५ फिट ६ इन्च अग्ली वर्षा चित्रकला एवं नृत्यमा रुचि राख्छिन्। भविष्यमा राजनीतिज्ञ बन्ने लक्ष्य लिएकी वर्षाले वातावरण संरक्षणको क्षेत्रमा समेत काम गर्ने योजना बनाएकी छन्। सारी र ब्लाउज उनलाई मनपर्ने पहिरन हुन्।

Barsha Lekhi 04

उनले वतावरणीय क्षेत्रमा दर्जन बढी अनुसन्धानमा संलग्न भएर काम गरेकी छन्। उनले नेफिन, डब्लु डब्लुएफ, क्लिनअप नेपाल, क्लिन इनर्जी नेपाललगायतका संस्थासँग काम गरेकी छन्।

Barsha Lekhi 01

थारुवानसँग कुरा गर्दै लेखीले भनेकी थिइन्- मिस नेपाल आफ्नो लागि सुन्दरी प्रतियोगितामात्र नभएर, महिला सशक्तीकरणको सबालमा आवाज उठाउने प्लाटफर्म हो। ‘मिस नेपालको ताज विज्ञापन, म्युजिक भिडियो वा फिल्म खेल्नका लागिमात्र होइन,’ लेखीले भनेकी थिइन्, ‘मजस्ता आम युवतीका लागि मिस नेपाल ठूलो अवसर हो। जहाँबाट महिलाका आवाजलाई राजनीति र नीति दुबै माध्यमबाट उठान गर्न सकिन्छ।

Barsha Lekhi 02

 ट्यालेन्ट शोमा वर्षाको नृत्य हेर्नुस् (भिडियो)

Leave a Reply

Your email address will not be published.