पूर्वसांसाद चौधरीको निधनमा शोक प्रस्ताव पारित

CA Nepalव्यवस्थापिका–संसद्को आजको बैठकले नेकपा (एमाले)का पूर्वसांसद सोहनप्रसाद चौधरीको असामयिक निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। नेता चौधरी २०४८ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

चौधरीको ६९ वर्षको उमेरमा गत माघ २६ गते मिर्गाैला रोगको उपचारका क्रममा निधन भएको थियो। शोक प्रस्ताव पारितसँगै संसद्को बैठक १५ मिनेटका लागि स्थगन गरिएको थियो।

Leave a Reply

Your email address will not be published.