ब्यवस्थापिका सांसद्‍मा थारु मधेसीको नाराबाजी

CTRl6NLUYAE-6DX

तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका आठ दलले व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन्। सङ्घीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता अशोककुमार राईले आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई सरकारले क्षतिपूर्ति नदिएको, घाइतेको उपचारमा ध्यान नपुर्‍याएको तथा सयौं व्यक्तिलाई हिरासतमा राखेको भनी आपत्ति जनाउँदै मधेसका जनताको स्वाभिमानमा चोट पुर्‍याउने काम सरकारका जिम्मेवार व्यक्तिबाट भएको भन्दै रोष प्रकट गरेका छन्।

व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलका तर्फबाट मधेसमा उठेका मागलाई सम्बोधन नभएसम्म संसद्को कारबाही अघि बढ्न नसक्ने घोषणा राईले गरे। त्यसलगत्तै फोरम, तराई-मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), दलित जनजाति पार्टी नेपाल र नेपाली जनता दलका सांसदले रोस्ट्रम घेराउका साथ नाराबाजी गरेका छन्।

उनीहरु लगातार नाराबाजीमा रहँदा सभामुख ओनसरी घर्तीले नाराबाजीलाई रोकेर बैठकलाई सञ्चालन गर्न सहयोग पुर्‍याउन आग्रह गरेकी थिइन्। सभामुख घर्तीको लगातारको आग्रहलाई आन्दोलनरत दलले बेवास्ता गरेपछि आजको बैठक स्थगन गरिएको घोषणा गरेकी छन्।

यसअघि बैठकको प्रारम्म्भमै मधेसकेन्द्रित दलका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाएकामा सभामुख घर्तीले बैठकमा भनाइ प्रस्तुत गर्ने अवसर प्रदान गर्ने जानकारी दिएकी थिइन्। त्यसपछि उनीहरुले आ-आफ्नो आसन ग्रहण गरेका थिए। संसदको अर्को बैठक यही कातिक २३ गते अपराह्न ३ बजे बस्नेछ । रासस

Leave a Reply

Your email address will not be published.