![तस्बिर : प्रदीपराज वन्त/रासस](https://archive.tharuwan.com/wp-content/uploads/2015/08/CA-Meeting.jpg)
प्रस्तावित संविधानको मस्यौदामाथि संविधानसभामा जारी छलफलमा भाग लिने सभासद्हरुले जनताका हकअधिकार कुष्ठित हुने गरी सीमाङ्कन गरिएको, सामर्थ्य र पहिचानका आधारमा सीमाङ्कन नगरिएको र मस्यौदामा पनि थुप्रै कमीकमजोरी भएको भन्दै परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपाली कांग्रेसका सभासद् तेदुलाल चौधरीले तराईमा बसोबास गर्ने थारु समुदायलाई टुक्रा टुक्रा बनाएर कमैया बनाउने कोसिस गरिएको गुनासो गर्दै सीमाङ्कनलाई मधेसी, आदिवासी र जनजातिले नरुचाएकाले अब जनसङ्ख्याका आधारमा सीमाङ्कनलाई परिमार्जन गर्नुपर्ने बताए।
फोरम लोकतान्त्रिकका सभासद् कल्पना चौधरीले देशका शासकले थारुहरुलाई छिन्नभिन्न गर्ने प्रयास गरेको आरोप लगाउँदै थारुहरु सडकमा ओर्लेर आफैँ संविधान बनाउने चेतावनी दिए। ‘हिमाल पहाड तराई कोही छैन पराई’ भने पनि थारुलाई पराई बनाइयो भन्ने उनको गुनासो थियो।
बैठकमा गङ्गा चौधरी, अञ्जना चौधरीले पनि सीमांकनको विरोध गरेका थिए।