कञ्चनपुर- संविधान सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले राना थारु समुदायका १९ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन्। राना थारु सङ्घर्ष समितिका अनुसार निर्वाचन क्षेत्र नं–१ बाट सात जना, निर्वाचन क्षेत्र नं– २ बाट आठ जना, निर्वाचन क्षेत्र नं–३ बाट तीन जना र निर्वाचन क्षेत्र नं–४ बाट एक जना राना समुदायका व्यक्ति चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचन क्षेत्र नं–१ बाट तराई मधेस लोकतान्त्रिक पार्टीबाट मनकुमारी राना, नेकपा संयुक्तबाट हरिद्वारा राना, सद्भारवना पार्टीबाट लक्षु राना, सङ्घीय सद्भाेवना पार्टीबाट रामकिसन राना, समाजवादी पार्टीबाट जयन्ती राना, शिवसेना नेपालबाट वीरबहादुर राना, अखण्ड सुदूरपश्चिम पार्टी नेपालबाट छत्र राना र तराई मधेस पार्टीबाट शिवराज राना रहेका छन्।
निर्वाचन क्षेत्र नं–२ मा सद्भाावना पार्टीबाट मालावती राना, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट आसिफ राना, तराई मधेस सद्भा्वना पार्टीबाट रामअवतार राना, तराई मधेस लोकतान्त्रिक पार्टीबाट पल्टु राना, नेकपा मालेबाट आनन्दी राना, मधेसी समाजवादी पार्टीबाट डिठ्ठा राना, राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रदीप राना र राष्ट्रिय जनमोर्चाबाट खुसिराम राना रहेका छन्।
निर्वाचन क्षेत्र नं–३ बाट अखण्ड नेपाल पार्टीका मीना राना, तराई मधेस लोकतान्त्रिक पार्टीबाट पे्रमवती राना रहेका छन्। यसैगरी, निर्वाचन क्षेत्र नं–४ बाट मधेसी जनअधिकार लोकतान्त्रिकका भीम राना चुनावी मैदानमा उत्रिएका छन्।
राना समुदायले चुनावमा उत्रिएका उम्मेदवारलाई भेला गराई पहिचान सुनिश्चतता, सबै तहमा आरक्षणको व्यवस्था, संस्कृति संरक्षणका लागि पहल गर्न माग गरेका छन्।
राना थारु सङ्घर्ष समितिका अध्यक्ष भोजराज रानाले राना थारु बसोबास रहेको कैलाली र कञ्चनपुर जुन प्रदेशमा परे पनि यसलाई राना थारु उपःस्वायत्त प्रदेश बनाउनका लागि उम्मेदवारलाई आग्रह गरिएको बताए।
‘उम्मेदवारले आफ्ना दलमा यसबारे छलफल गरी निष्कर्षमा पुग्न भनेका छौं,’ उनले भने, ‘राना समुदायका माग सम्बोधन गर्ने दललाई मात्रै चुनावमा सघाउँछौं।’ रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर