एमाले उम्मेदवार आलम मृत घोषित

BKM_Parsa, shabhasad helecopterbat upcharka lagi kathmandu lyaudai-3काठमाडौं- अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका बारा क्षेत्र नं ४ बाट नेकपा (एमाले)का प्रत्यक्षतर्फका उम्मेदवार महम्मुद आलमको आज निधन भएको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत आलमको आज मध्याह्न १२ बजे निधनको घोषणा गरिएको उहाँका सहयोगी अमर यादवले जानकारी दिए।

आलमको शवलाई आज दिउँसो २ बजेपछि एमाले केन्द्रीय कार्यालय बल्खुमा श्रद्धाञ्जलिका लागि राखिने छ। उहाँको शवलाई आजै उहाँको गृहजिल्ला लगिने छ। एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका आलममाथि यही असोज १८ गते वीरगन्ज–पथलैया सडकखण्डको बारा चैनपुरमा अज्ञात समूहबाट गोली प्रहार भएको थियो। रासस

Leave a Reply

Your email address will not be published.