पाकिस्तानी कोक स्टुडियोमा कुटुम्ब (प्रोमोसहित)

kutumbaनेपालको चर्चित इन्स्ट्रुमेन्टल ब्यान्ड कुटुम्ले तयार पारेको नेपाली बाँसुरी र सारंगीको धुन पाकिस्तानको कोक स्टुडियोमा घन्किने भएको छ। यसअघि भारतको कोक स्टुडियोमा संगीतकार एआर रहमानको संगीतमा आनीछोइङ डोल्माले बुद्ध मन्त्र गुन्जाएकी थिइन्। पकिस्तानी कोक स्टुडियोबाट आएको टोलीले कुटुम्बको सो धुन रेकर्ड गरेर लगेको हो। पाकिस्तानी कोक स्टुडियोले छैटौं संस्करणका लागि सो धुन लिएर गएका हुन्। कुटुम्ब ब्यान्डका किरण नेपाली, रविन श्रेष्ठ र सिदार्थ महर्जनले पाँचवटा धुन दिएका थिए।

कुटुम्बका ब्यान्ड म्यानेजर अरुण गुरुङका अनुसार तीन महिनाअघि पाकिस्तानी कोक स्टुडियोले इमालेमार्फत् विभिन्न धुन मागेको थियो। उनीहरुको प्रस्तवलाई कुटुम्बले अस्विकार गरेपछि उनीहरुको टोली नै नेपाल आएको थियो। कोक स्टुडियोका निर्देशक, साउन्ड इन्जिजियर र क्यामेरामेन नेपाल आएका थिए।

कुटुम्बको निर्मिति भिडियो कोक स्टुडियोमा देखाइनेछ।
कोक स्टुडियो सिजन ६ को प्रोमो हेर्नुस्

The Making of Coke Studio Promo, Pakistan, Season 6 from Coke Studio on Vimeo.

Leave a Reply

Your email address will not be published.