राजेन्द्र महतोले सुमसुम्याउँदै भने- ‘खै कहाँ दुख्छ माननीयज्यु’

अस्पताल भर्ना भएको दुई दिनपछि राजपा नेता राजेन्द्र महतो वीर अस्पताल पुगेर सांसद रेशम चौधरीको स्वास्थ्यबारे बुझेका छन्। डिल्ली करागारमा रहँदा आक्कल झुक्कल मात्र आउने राजपा नेताहरु अस्पताल भर्ना हुँदासमेत दुई दिनपछि पुगेका थिए। 

सामाजिक सञ्जालमा सांसद रेशम चौधरीलाई नेल लगाएको तस्बिर सार्वजनिक भएपछि नेताहरु आउनेक्रम बढेको हो। कारागारमा रहँदा भने कुनै नेताहरु पनि भेट्न नआएको रेशमका परिवार स्रोतले जानकारी दिए। ‘आफ्नै पार्टीका सांसदलाई पनि बिरामी भयो, भेट्न गइदिनुस्, औषधि उपचार गरिदिनुस् भन्नुपर्छ। र, पनि राजपा नेताहरुले वास्ता गर्दैनन्,’ परिवारका एक सदस्यले बताए।

राजपना नेता महतो वीर अस्पताल पुगेर सांसद रेशमलाई के भएको? कहाँ कहाँ दुखेको भनी सोधपुछ गरेका थिए। उनले चिन्ता नगर्नसमेत सांसद रेशमलाई आश्वासन दिएका थिए।

Leave a Reply

Your email address will not be published.