वीर रितुको पोखरामा अनस्क्रिन रोमान्स [भिडियो रिपोर्ट]

कुनै बेला वीर चौधरी र अलिसा चौधरी हट जोडीको रुपमा चिनिन्थे । म्युजिक भिडियोमा मात्र होइन, यी जोडीलाई विभिन्न स्टेज कार्यक्रममा पनि हेर्न सकिन्थ्यो । तर अलिसा चौधरी हालसालै विवाह बन्धनमा बाँधिएकी छन् । उनको ठाउँ लिएकी छन् रितु चौधरीले ।

१० महिनाअघि रोशन रत्गैँया र सिर्जना चौधरीको स्वर रहेको ट्वान्टी फस्ट सेन्चुरीके जामाना बोलको गीतबाट मोडलिङ क्षेत्रमा आएकी रितुले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

वीरको जोडीको रुपमा भने उनी तीन महिनाअघि समीक्षा चौधरी र गणेश चौधरीको स्वर रहेको बन्देउ न दर्पण बोलको म्युजिक भिडियाबाट आएकी हुन् । यी जोडीको अर्को म्युजिक भिडियो छाँही हस तु मोर धडकनके सार्वजनिक भएको छ ।

हमार म्युजिक बगियामा सार्वजनिक भएको भिडियोको सुटिङ पोखरामा भएको छ । यी जोडीले पोखरामा खुलेर रोमान्स गरेका छन् । श्रीनिवास चौधरी र समीक्षा चौधरीको स्वर रहेको भिडियोको निर्देशन भने सुधाराम दहितले गरेका छन् ।

भिडियो रिपोर्ट हेर्नुस्:

Leave a Reply

Your email address will not be published.