मुक्ति हुइली हमरा कमैया गीतको भिडियो चैत २२ गते रिलिज हुने

मुक्ति हुइली हमरा कमैया बोलको गीत रिलिज हुने भएको छ। दीपक चौधरी दीपको निर्देशनमा तयार भएको भिडियो चैत २२ गते गने चम्पन साँस्कृतिक समूहको युट्युब च्यानलबाट रिलिज हुने बताइएको छ। थारु समुदायमा रहेको कमैया प्रथालाई सरकारले विसं २०५७ साउन २ गते कमैया प्रथा अन्त्य भएको घोषणा गरेको थियो। कमैया प्रथा अन्त्य भएपनि अहिले पनि थारुहरु अरुको घरमा कमैया कमलरी बस्न बाध्य छन्।

त्यही सेरेफेरोमा तयार भएको गीतलाई भिडियोमा देखाउन खोजेको निर्देशक दीपले जानकारी दिए। लोचन भट्टराई र रामकुमार मण्डलको स्वर रहेको गीतमा राजु सिंहले संगीत दिएका छन्। जसको रचना एकराज चौधरीले गरेका छन्।

भिडियोमा टीजाराम चौधरी, अर्जुन चौधरी, देवबहादुर बघोरिया, राधा चौधरी र शिवानी चौधरीको अभिनय रहेको छ। भिडियोलाई खडक चौधरीले खिचेका छन्

Leave a Reply

Your email address will not be published.