रेशम चौधरीलाई जबरजस्ती दोषी बनाइयो : पत्‍नी रञ्जिता [भिडियो]

सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पति निर्दोष भएको बताएका छन्। उनले कैलाली अदालतले रेशम चौधरीलाई न्याय नगरेको बताइन्। कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी करार गर्दै रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको छ। जिल्ला अदालतले न्याय नगरेको भन्दै पत्‍नी रञ्जिताले उच्च अदालत जाने तयारी गरेको बताइन्। 

‘अदालतको फैसला दुखदपूर्ण छ। हामी यससँग सहमत छैन। ममात्र होइन। टीकापुरका आम जनताले निर्दोषिताको प्रमाणपत्र दिइसकेका छन्,’ रेशम पत्‍नी रञ्जिताले भनिन्, ‘हामी छिट्टै उच्च अदालत जान्छौं। आशा छ उच्च अदालतले न्याय दिनुहुन्छ।’

उनले सामाजिक सञ्जालमा दोषी बनाउनुभन्दा विभिन्न विश्लेषण गर्नुभन्दा टीकापुर गएर बुझ्न आग्र गरिन्। त्यहाँ थारुमाथि भएको दमन, थारु चेलीबेटीहरुलाई गरिएको शोषण भएको भन्दै उनीहरुलाई चाहिँ कसले न्याय दिने भन्दै उनले प्रश्न गरिन्।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.