रेशम चौधरीसहित ११ जनाको रिहाई माग गर्दै काठमाडौंमा धर्ना

थारु कल्याणकारिणी सभा तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध एवं धर्ना कार्यक्रम गरेको छ । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत ११ जनालाई कैलाली अदालतबाट जन्मकैदको फैसला सुनाइएपछि त्यसको विरुद्धमा शान्तिपूर्ण विरोध एवम धर्ना कार्यक्रम गरिएको हो । 

धर्ना कार्यक्रममा पहिचानवादी संघसंस्थाहरुको सहभागिता थियो। सहभागी सबैले रेशम चौधरीसहित ११ जनालाई तत्काल रिहाईको माग गरेका थिए। रिहाई नगरे कडा आन्दोलनको चेतावनी उनीहरुले दिएका थिए।

 

Leave a Reply

Your email address will not be published.