टीकापुर घटनाबारे जिल्ला अदालत कैलालीको फैसलापछि धनगढीस्थित कारागारमा रहेकाहरु रिहा भएका छन्। रिहा हुनेमा लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरी छन्। उनीहरुलाई थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभा कैलालीले स्वागत गरेका छन्।



