नाटक करोट दाङको घोराही र तुल्सीपुरमा मञ्चन हुने

काठमाडौंको सर्वनाम थिएटरमा सफल मञ्चनपछि नाटक ‘करोट’ले मोफसलमा आफ्नो यात्रा तय गरेको छ। करोटले दाङको घोराही र तुलसीपुरमा यही माघ १६ गतेदेखि आफ्नो मोफसल यात्रा सुरु गर्दैछ।

ख्याल बगालको प्रस्तुती र आयोजना एवं उदाहरण समूह, नेपाल र हेल्पिङ ह्यान्ड्स दाङको सहआयोजनामा दाङमा उक्त नाटक मञ्चन हुन लागेको हो। रंगमञ्नले शैक्षिक गुणस्तरीयता, मनोबैज्ञानिक, सामाजिक, राजनीतिक र आर्थिक चेतमा पार्ने प्रभावबारे मोफसमा पनि जानकारी दिने उद्देश्यले आफूहरु मोफसलको यात्रामा रहेको नाटकका लेखक तथा निर्देशक प्रणव आकाशले जानकारी दिए।

सामाजिक, आर्थिक र मनोबैज्ञानिक पाटो केलाइएको करोटमा दाङका मुल आदिबासी थारु समुदायको कथा छ। राष्ट्रको हरेक अंगमा हरेक समुदायको प्रतिनिधित्व हुनुपर्छ भन्ने बुझेर आफूले थारु समुदायको कथानक मार्फत विश्व समुदायको कथा उठान गरेको लेखक/निर्देशक प्रणव बताउँछन्।

नाटकमा दिपक पछल्दङ्ग्या, शान्ती चौधरी, सुनिता चौधरी, उर्मिला गम्वा थारू, निरज(बाबु) चौधरी, सुनिता चौधरी र प्रणव आकाशको अभिनय छ। नाटकको म्याङ्गो गार्डेन एण्ड रिसोर्ट घोराहीमा माघ १६ देखि १९ गतेसम्म र एकान्त होटेल एण्ड लज तुलसीपुरमा २१ र २२ गते मञ्चन हुँदैछ।

यसअघि काठमाडौंको सर्वनाम थिएटरमा पुस ६ देखि २१ गतेसम्म काठमाडौंको सर्वनाम थिएटरमा नाटकको मञ्चन गरिएको थियो।
यस्तै नाटक हेरिदिन हुन आयोजकले सबैमा अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published.