‘रंग बिरङ रहर’को प्रिमियर दुबईबाट

भुरभुरा रहरको पहिलो गीत दुबईबाट प्रिमियर हुने भएको छ। रंग बिरङ रहर बोलको गीत जनवरी ११ (पुस २७)मा दुबईको रेनट्री रोल्ला होटलमा आयोजित कार्य्रक्रमबाट प्रिमियर गरिने निर्देशक मदन चौधरीले जानकारी दिए।

थारु कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी विशेष कार्यक्रमबाट उक्त गीतको प्रिमियर गरिने उनले बताए। हरेक वर्षझैँ यस वर्ष पनि थाकस युएईले माघी कार्यक्रमको आयोजना गर्दैछ। कार्यक्रममा भुरभुरा रहरका निर्माता रामलाल चौधरी र निर्देशक चौधरीको उपस्थिति रहनेछ। भुरभुरा रहरको ट्रेलर हालसालै सार्वजनिक गरेको थियो।

त्यस्तै थारु समुदायका चर्चित गायक श्रीनिवास चौधरी र केशवराज महतोको विशेष प्रस्तुती रहनेछ। थाकस युएईले कामको शिलशिलामा त्यहाँ रहेका सबै थारुहरुलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published.