२२ विद्यामा विन्दास म्युजिक आवार्ड हुने

यस वर्ष पनि विन्दास म्युजिक आवार्ड हुने भएको छ। अगामी चैत १ र २ गते धनगढीमा घोडाघोडी मिडिया सञ्चार समूह (बिन्दास मिडिया) को आयोजनामा राष्ट्रिय स्तरको थारु म्युजिक अवार्ड हुने संयोजक हरेन्द्र चौधरीले जानकारी दिए।

लोप हुँदैगएको थारु मौलिक कला, संस्कृति तथा संस्कारलाई संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुनेछ। त्यस्तै थारु चलचित्र, म्युजिक भिडियो, थारु कलाकारहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम गरिने र थारु कलाकारहरुलाई समाज, संस्कृति, भाषा, कलाको विकासमा जागरुक गर्न र उत्प्रेरित गर्ने उद्देश्यले पनि कार्यक्रम गरिएको संयोजक चौधरीले जनाए ।

दुई दिने कार्यक्रममा थारु संस्कृति संरक्षण र सम्वर्धनको लागि विभिन्न थारु झाँकीहरु प्रस्तुत गरिने, युवा पुस्तामा बढ्दै गई रहेको विकृतिलाई कमगर्ने प्रयास गर्ने तथा दस्तावेजिकरण गने, परम्परागतथारु लोक कला संस्कृति र आधुनिक कलालाई नजिकबाट नियाल्ने र अध्ययनगर्ने, युवा पुस्तालाई थारु लोक कला संस्कृतिको महत्वबारे जानकारी गराई संस्कृति संरक्षणमा अभिप्रेरीत गर्ने रहेको छ ।

कलाकारलाई सम्मान गर्ने विधा:
१.सर्बोत्कृष्ट आधुनिकगायन (पुरुष)
२.सर्बाेत्कृष्ट आधुनिकगायन (महिला)
३.सर्बोत्कृष्ट लोक गीतगायन (पुरुष)
४.सर्बोत्कृष्ट लोक गीतगायन (महिला)
५.सर्बोत्कृष्ट पपगायन (पुरुष)
६.सर्बोत्कृष्ट पपगायन (महिला)
७.सर्बोत्कृष्ट गायन९पुरुष०
८.सर्बाेत्कृष्ट गायन९महिला०
९. सर्बाेत्कृष्ट फिल्म स्कृप्त लेखक
१०.सर्बोत्कृष्ट गीतकार
११.सर्बोत्कृष्ट फिल्मनिर्देशक
१२.सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक
१३..सर्बोत्कृष्ट संगीतकार
१४.सर्बाेत्कृष्ट छायांकार
१५.सर्बोत्कृष्ट दृश्य सम्पादन
१६.सर्बोत्कृष्ट नवप्रतिभा (पुरुष)
१७.सर्बोत्कृष्ट नवप्रतिभा (महिला)
१८. सर्बाेत्कृष्ट गीत २०७५
१९. सर्बोत्कृष्ट मोडल (पुरुष)
२०.सर्बोत्कृष्ट मोडल (महिला)
२१.सर्बाेत्कृष्ट युगलमोडल.
२२.सर्बाेत्कृष्ट कलापत्रकारिता

Leave a Reply

Your email address will not be published.