त्रिभुवन विश्वविद्यालयले सोमबार ९ हजार ५ सय ५ जना विद्यार्थीलाई दीक्षित गरेको छ । राजधानीको पुल्चोक क्याम्पसमा आयोजित त्रिविको ४४ औं दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफील र विद्यावारिधि तह उत्तीर्ण गर्ने विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित हुन पाउने ७४ हजार २ सय ८४ जनामध्ये ९ हजार ५ सय ५ जना विद्यार्थीले मात्र अनलाइनमार्फत आवेदन दिएका थिए । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले दीक्षित हुन चाहने विद्यार्थीहरुका लागि पहिलो पटक अनलाइनबाट आवेदन दिनसक्ने प्रबन्ध गरेको थियो ।
त्रिविकै इतिहासमा पहिलो पटक गाउन र टोपी लगाएर विद्यार्थीहरु दीक्षित भए। यसअघि स्नातक र स्नातकोत्तर गरेका विद्यार्थीलाई गाउनमात्र दिइन्थ्यो । पीएचडी उपाधि पाएका विद्यार्थीलाई मात्र गाउन र टोपी पाउथें । यसपटक दीक्षित हुने सबै विद्यार्थीले प्रमाणपत्रको साथमा कभर र फोल्डरसमेत पाएका छन् । यसअघि प्रमाणपत्र मात्र पाउथें ।
तस्बिर : प्रबिन कोइराला/नेपालखबर