माघी महोत्सव मनाउन पर्सामा मूल आयोजक समिति गठन

पर्सामा यसवर्ष माघी महोत्सव मनाइने भएको छ। ओमआश्रमस्थित थारु मेलमिलाप सभाहलमा बोलाइएको थारु समुदायको भेलाले मनोज चौधरीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ। समितिले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ।

भेलाले आर्थिक उपसमितिमा शेखर चौधरी, साँस्कृतिकमा  विजया ‌औझैया, प्रचारप्रसारमा प्रकाश थारु, रक्तदान उपसमितिमा अजय चौधरी, मञ्च व्यवस्थापनमा परमानन्द चौधरी, प्रभातफेरिमा अजय दास, स्वंयसेवकमा विकास चौधरी र थारु परिकारमा राजकुमारी चौधरीलाई जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published.