सबै जाति, समुदायका भाषा, सँस्कृतिलाई साझारुपमा विकास गर्नुपर्छ : गुठी अध्यक्ष चौधरी

गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले सबै जाति, समुदायका भाषा, सँस्कृतिलाई साझारुपमा विकास गर्नुपर्ने बताए। गुठी संस्थानको ५५औं वार्षिकोत्सवमा बोल्दै उनले सबैको पहिचान र अस्तित्वलाई स्वीकार गरेमात्र नयाँ नेपालको परिकल्पना गर्नसकिने बताए।

गुठी संस्थानको काम कारबाहीलाई पनि सबैलाई अपनत्व हुनेगरी अगाडि बढाउनुपर्ने उनले बताए। आफू गुठी संस्थानको अध्यक्ष भइसकेपछि त्यहाँ भएका मूल समस्यालाई समाधान गर्न सरोकारवाला पक्षसँग पहलकदमी गरिरहेको उनको भनाई थियो।

उनले गुठीलाई राम्रो बनाउन हरेक तवरबाट काम भइरहेको बताए। ‘गुठीलाई राम्रो बनाउन हरेक पक्षबाट काम कारबाही सुरु गरेका छौं। नीति र योजना बनाउने, त्यसका लागि सरोकारवाला पक्षसँग छलफल गर्ने, राज्यलाई प्राधिकरणको रुपमा विकास गर्न पहल गर्नेलगायतका पक्षामा हामी काम गरिरहेका छौं,’ उनले भने।

गुठीलाई यहाँसम्म पुर्याउन सकेकोमा सबैलाई उनले धन्यवाद दिएका छन्। कार्यक्रममा थारु, नेवारलगायतका विभिन्न जातिहरुको लोक बाजा, नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडाले गुठीलाई सरकारको साथ समर्थन रहेने बताए।का थिए।

Leave a Reply

Your email address will not be published.