निर्मला र राममनोहरको हत्याबारे सांसद उमाकान्त चौधरीको कडा टिप्पणी

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निर्मला पन्त र राममनोहर यादवको हत्या सम्बन्धमा कडा टिप्पणी गरेका छन्। उनले न्याय दिन ढिलाई गर्नु भनेको न्याय नपाउनुजस्तै भएको बताए। निर्मला पन्तको हत्याबारे गठित छानबिन समितिका एक सदस्यलाई धम्की दिने व्यक्ति को हो भन्दै गृहमन्त्रीलाई नाम सार्वजनिक गर्न माग गरे।

त्यस्तै राममनोहर यादवको मृत्युबारे सरकारको अहिलेसम्म आधिकारिक धारणा किन नआएको बारे प्रश्नसमेत गरे। सांसद चौधरीले यसअघि पनि जेलभित्र मृतअवस्थामा फेला परेका राममनोहर यादवको छानबिन समिति बनाएर सरकारले औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका छन्।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.