थाकस दाङको अधिवेशन भोलि, उद्‍घाटन शान्ताले गर्ने

थारु कल्याणकारिणी सभा (थाकस) दाङको १६ औं जिल्ला अधिवेशनकोे तयारी पूरा भएको सभाले जनाएको छ । भोलि १६ गते दाङको घोराहीमा हुने अधिवेशन बारेमा शुक्रवार बसेको सभाको सचिवालय समीक्षा बैठकले यस्तो जानकारी गराएको हो ।

यसैगरी कल्याणकारिणी सभाको जिल्ला अधिवेशनको उदघाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहकार एवं प्रतिनिधिसभामा नेकपाकी सचेतक शान्ता चौधरीले गर्ने निर्णय भएकोे सभाका सचिव सन्तोष दहितले जानकारी दिए । सचिव दहितका अनुसार अधिवेशनमा प्रतिनिधि सभाका सदस्य, प्रदेश सभाका सदस्य, पूर्व सांसद, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।

यसैगरी अधिवेशनमा सामाजिक अभियन्ता, थारु अगुवा र पत्रकारहरुलाई पनि सम्मान गर्ने निर्णय भएको सचिव दहितले बताए । सभाका अध्यक्ष तेजमान चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

यसैबीच बैठकले अधिवेशनमा क्षेत्रीय कमिटीका सम्पूर्ण पदाधिकारी, सदस्य, साधारण सदस्य, थारु अगुवा, महटावा, थारु संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज, राजनीतिक दल, पत्रकार, शिक्षक, बुद्धिजीवी तथा सम्पूर्णमा उपस्थितिको लागि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.