प्रदेश १ का मुख्यमन्त्रीको राजीनामा माग्दै लिम्बुवान समर्थकको धर्ना

प्रदेश नम्बर १ को नाम लिम्बुवान राख्नुपर्ने माग गर्दै लिम्बुवान समर्थकहरुले विराटनगरमाा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरुले एक नम्बर प्रदेश सभाको सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामासमेत माग गरेका छन् । 

करिब १० वटा गाडीमा विराटनगर ओर्लिएका लिम्बुवान समर्थकहरु बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका थिए । सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पताल मोडमै रोकेका छन् ।

प्रदर्शनमा सहभागीहरुले प्रदेश एकको नाम लिम्बुवान राख्नुपर्ने, बढ्दो महँगी रोक्नुपर्ने र कर्मचारीले समेत नटेर्ने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्ने माग गरेका छ्न ।

यसअघि किरात राईहरुले प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नाम सगरमाथा, कोशी या किरातमध्ये एक राख्नेबारेमा चर्चा चलिरहेका बेला लिम्बुवानको माग पनि अघि आएको हो ।

Leave a Reply

Your email address will not be published.