थारु पत्रकार संघ नेपालले यस वर्ष पनि दुई जनालाई थारु राष्ट्रिय पुरस्कार प्रदान गर्ने भएको छ। सतौंन चौधरी स्मृति ट्रस्टद्वारा स्थापना गरिएको ११ हजार १ सय ११ राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार र जोखन-जगत रत्गैँया राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गर्ने निर्णय भएको हो।
पुरस्कारका लागि संघका सबै जिल्ला शाखाले एक महिला र एक पुरुषको नाम सिफारिस गर्ने निर्णय भएको प्रवक्ता किशोर चौधरीले जानकारी दिए। उनका अनुसार भदौ ३१ गतेसम्म सबै शाखाले नाम पठाइसक्नुपर्नेछ।
गत वर्ष नयाँ पत्रिका दैनिकका बाँके संबाददाता विश्वराज पछलदडंगिया र कैलालीकी सक्रिय पत्रकार उन्नति चौधरीलाई प्रदान गरिएको थियो।
त्यस्तै संघले राष्ट्रिय भेला असोज २६ र २७ गते दाङमा गर्ने निर्णय गरेको छ। यसअघि पहिलो साता गर्ने भनिए पनि थारु कल्याणकारिणी सभाको राष्ट्रिय महाधिवेशन भएकाले महिनाको अन्तिम साता गर्ने निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिए।