कालाे पेटिकाेट

-छविलाल काेपिला
हिजाे एउटा ठेकेदारकाे
भुस्याहा कुकुरहरुले
अामाहरुकाे कालाे पेटिकाेटलाई
अर्धनग्न देखे
र, झम्टे निर्ममतापूर्वक ।

दुनियाँलाई थाहा छ
उनै नजरहरु हुन्
कैयाै डान्स बारहरुमा
ब्रा र पेन्टीकाे सुगन्ध र सुन्दरतामा लठ्ठिएर
चपक्क टाँसिएर सेल्फी हान्छन्
र, फेसबुकका वालहरुमा सगर्व पाेष्ट गर्छन् ।

त्यही नजरहरु हुन्
लाखौं खर्चेर
भाडामा केही थान स्तन र
केही थान साप्राहरु ल्याउँछन्
अनि खुल्ला मञ्चमा नचाउँदै
बेसुर सिटी फुक्छन्
र, ताली पड्काउँछन् ।

अनि तिनै नजरहरु हुन्
जहाँ सर्वाङ्गै नाङ्गा बाबाहरुकाे लिंग ढाेग्छन्
त्यही देउता देख्छन्
साक्षत्कार महादेव देख्छन्
र, घाेप्टिन्छन् जमीन भास्सिने गरी ।

तर, अस्मिता रक्षार्थ
सडकमा निस्किएका
कालाे पेटिकाेटहरुलाई
अर्धनग्न देख्छन्
विद्रोही देख्छन्
अातंकारी देख्छन्
अनि,
निर्मम तरिकाले अाक्रमण गर्छन्
लाठी बर्साउँछन्
अाश्रुग्याँस हान्छन्
र, बन्दी बनाउँछन् ।

तस्बिर सौजन्य : Skanda Gautam/THT

Leave a Reply

Your email address will not be published.