पश्चिम तराईमा थारुले मनाए भब्य गुरही पर्व [फोटो फिचर]

पश्चिम नेपालका थारु समुदायले बिहीबार गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ ।

पछिल्लो समय गुरही पर्वमा गैरथारु समुदायले पनि थारु पहिरनमै सजिएर सहभागिता हुन थालेपछि त झनै उक्त पर्वमा सुनमा सुगन्ध नै थपिएको हो ।

यसैबीच, थारु वस्तीमा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर गुरही पर्व मनाइएको छ । धनगढीमा बसोबास गर्ने थारुले पनि धनगढीमा विभिन्न कार्यक्रम गरी पर्व मनाएका हुन् । थारु कल्याणकारिणी सभा कैलाली र सखी सञ्जाल कैलालीको आयोजनामा धनगढीको गुरही चोक (क्याम्पस चोक) मा हर्षोल्लासपूर्वक पर्व मनाएको छ ।

थाकस सचिव माधव थारुले रोगव्याधी हटाई समाजमा शान्ति र अमनचयन कायम गर्ने विश्वासका साथ गुरही पर्व मनाइने प्रचलन रहिआएको बताए । भाई बहिनीको उपस्थिति विना पर्व अपूरो हुने हुँदा पर्वले भाई बहिनीबीचको माया थप प्रगाढ हुने समेत थाकस सचिव थारुको भनाई छ ।

त्यस्तै कैलालीकै मसुरिया, सुखड र दाङको देउखुरीमा पनि गुरही पर्व भव्यरुपमा मनाइयो।

थारु समुदायको गुरही (गुरिया) पर्व

हेर्नुस् केही तस्बिर:

 

Leave a Reply

Your email address will not be published.