बलात्कारकै क्रममा मायाले प्राण त्यागिन्, सुरज चौधरीसहित पाँच जना पक्राउ

असार १२ गतेदेखि तीनसम्म बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका ११ का जहरी कटानकी २१ वर्षीया माया विकको १५ गते नगरपालिका चपरथली सामुदायक बनमा शव फेला पर्यो । सोही दिन विकको आफन्तले बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीले विकको घटनामा संलग्न पाँच जना व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । पक्राउ पर्नेमा गौरीगंगा नपा ११ शिवपुरका ३० वर्षीय गाणेश बडुवाल, २७ वर्षीय मनोज बेगटी, २१ वर्षीय सुरज चौधरी, २० वर्षीय भुवन खाती र १९ १९ वर्षीय तपेन्द्र बोगटी रहेका थिए ।

उनीहरुको बयानअनुसार मायालाई गणेश बडुवाल मुख्य योजनाकार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

विकलाई उसकै कपडाले हात खुट्टा बाँधेर चार जनाले सामूहिक बलात्कार गरेको बयान दिइएको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । विकलाई बलात्कार गर्नेबेला मुखभरि कागज कोचिएको कारण उनलाई साँस फेर्ना गाह्रो भएको बयान खुलेको घिमिरेले बताए ।

बलात्कार गर्ने चौथो व्यक्तिले सेक्स गर्नेबेला मायाले प्राण त्यागेको बलात्कारीहले स्वीकारेको घिमिरेले बताए ।

गौरींगगा नगरपालिकाअन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्वेक्षणमा करारमा कार्यरत माया तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिइन् । उनीसँगै काम गर्ने बडुवालले ८ गते नै मायालाई सेक्सेको लागि प्रस्ताव राखेको थियो तर माया अस्वीकार गरेपछि बलात्कार गर्ने योजना बनाएको बयानमा खेलेको एसपी घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.