इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट यसअघि बैंगलोरविरुद्ध डेब्यु गरेका सन्दीपले पहिलो खेलमै विकेल लिएर सनसनी मचाएका थिए । शुक्रबारको खेलमा दिल्ली ३४ रनले विजयी भए ।
उनले दास्रो खेलमा पनि कम रन दिँदै सुरेश रैनाको विकेट लिए । चार ओभर बल प्याकेका सन्दीपले २१ रन दिँदै १ विकेट लिए । उनले तेस्रो ओभरको पहिलो बलमा विजय शंकरबाट क्याच गराएका थिए ।
उत्कृष्ट प्रदर्शनसँगै सन्दीपले ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ भए । सोबापत उनले एक लाख भारतीय रुपैयाँ पाए । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै १६८ रन बनायो । दिल्लीका लागि ऋषभ पन्तले ३८, विजय शंकरले ३६ र हर्षल पटेलले अविजित ३६ रन बनाएका थिए ।
१६९ रनको विजय लक्ष्य पछयाएको चेन्नइले निर्धारित ओभरमा ६ विकेको क्षतिमा १२८ रनमात्र बनायो ।