विहेभोजमा बेहुलीका दाजु अजय चौधरीको हत्या

सप्तरीमा विवाह भोजमा भएको विवादपछि हथौडा प्रहार गर्दा शम्भुनाथ नगरपालिका–७ भंगहाका ३० वर्षीय अजय चौधरी मृत्यु भएको छ। उनको टाउकोमा गम्भीर चोट लागी मुत्यु भएको प्रहरीले जनाएको छ।

मृतक अजयको काकाको छोरीको विवाहमा उनको स्थानीय आनन्द चौधरीसँग विवाद भएको बताइएको छ। प्रहरीका अनुसार जन्ती शम्भुनाथ नगरपालिका–५ मोहनपुर कठौनाबाट आएको थियो। मादक पदार्थ खाएर जिस्काएको भनी युवतीहरुले बेहुलीका दाजु विजय र अजयलाई गुनासो गरेपछि विवाद भएको थियो।

मादक पदार्थ सेवन गरेर बेहोस भएका आनन्दलाई बाँधेर रातभरी नियन्त्रणमा राखिएको थियो। बिहानपख शौच लागेको बहाना बनाई डोरी खोल्न लगाएर निस्किएका आनन्दले हथौडा प्रहार गरी हत्या गरेको प्रहरीको अनुमान छ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले सात युवकलाई नियन्त्रणमा लिएको छ । आरोपित चौधरी भने फरार भएका छन् ।

Leave a Reply

Your email address will not be published.