आदिवासी महिला संघ भारतद्वारा रेशम चौधरीको रिहाई माग

भारतीय संस्था आदिवासी महिला महासंघले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशमलाल चौधरीको रिहाई माग गरेको छ। संस्थाकी ममता कुजुरले नेपाल सरकारलाई चिठी लेख्दै जनताको जनमतलाई कदर गर्दै रेशम चौधरीलाई रिहाईसँगै संसदमा सम्मानजनक उपस्थिति गराउन माग गरेकी छन्।

भारतको छत्तिसगढ राज्यमा अवस्थित उक्त संस्थाले नेपाल सरकारले जनताको जनमतलाई अवहेलना गरेको भन्दै रेशम चौधरीको तुरुन्त रिहाई गर्नुपर्ने माग गरेको छ।

Leave a Reply

Your email address will not be published.