थारु राष्ट्रिय मोर्चाद्वारा सांसद रेशम चौधरीलाई शपथ ग्रहण गराउन माग

संयुक्त थारु राष्ट्रिय मोर्चाले टीकापुर घटनाका आरोपित तथा सांसद रेशमलाल चौधरीलाई शपथ ग्रहणको वातावरण बनाउन सरकारसँग ममाग गरेको छ।

मोर्चाले बिहीबार पत्रकार सम्मेलन गरी टीकापुर घटनाका आरोपित जेलबन्दीहरु पाँच दिनदेखि आमरण अन्सनमा बसेको भन्दै उनीहरुको माग उपर समर्थन जनाउँदै सरकारले वार्तामार्फत् यथाशीघ्र समाधान खोज्न आग्रह गरेको छ ।

मोर्चाका संयोजक श्रवण थारुले कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद चौधरीको माग बमोजिम उनलाई सांसद पदको शपथ ग्रहण गराउन नेपाल सरकारले पहल गर्नुपर्ने बताए । उनले कैलाली क्षेत्र नं. १ का जनताको मतको कदर हुनुपर्नेमा जोड दिँदै माग सम्बोधन नभए संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि दिए।

मोर्चाले दबाबस्वरुप चैत २७ गते प्रधानमन्त्रीलाई स्मरण पत्र बुझाउने, चैत १ गते कैलालीमा थरुहट आन्दोलनको निर्मम समीक्षा गर्ने, चैत २१ गतेसम्म इलाका स्तरीय प्रशिक्षण चलाउने र चैत २६ गते राष्ट्रिय सम्मेलन र दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published.