रेशम चौधरीलाई शपथ नगराए संसद ठप्प पार्ने चेतावनी

रेशम चौधरीलाई तत्काल सांसदको शपथ लिने व्यवस्था नमिलाइए प्रदेश नम्बर ७ को संसद बैठक चल्न नदिने चेतावनी दिइएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सांसद कृष्ण चौधरीले प्रतिनिधि सभा सांसद रेशम चौधरीलाई शपथ ग्रहण नगराए फागुन २२ हुने प्रदेश नं. ७ को संसद चल्न नदिने चेतावनी दिएका छन् ।

आज बसेको संसद बैठकमा विशेष समय मागेर बोल्दै उनले कैलाली क्षेत्र नम्बर १ बाट भारी मतले निर्वाचित सांसद चौधरीलाई प्रमाणपत्र र शपथ ग्रहण गराउने वातावरण मिलाउन अनुरोध गरे । थारु समुदायलाई राज्यले विभेद कायमै राखेको आरोप लगाउँदै उनले शपथ ग्रहणको वातावरण नमिलाए आगामी प्रदेश संसद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

आज भएको प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणमा पनि सहभागी हुने वातावरण नमिलाइएको भन्दै आक्रोश उनले कडा आक्रोश समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.