थुनामा राखेका रेशम चौधरीले प्रमाणपत्र मागसहित निवेदन हाल्दै

जिल्ला अदालत कैलालीले नवनिर्वाचित सांसद रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । त्यसअघि दिनभर चौधरी प्रतिवादी रहेको रिटमा बहस भएको थियो ।

टीकापुर घटनाका आरोपी चौधरीले सोमबार अदालतमा उपस्थित भइ गिरफ्तारी दिएका थिए। अदालतको आदेशपछि चौधरीले अदालतले पूर्वाग्राही फैसला गरे पनि आफूले त्यसको सम्मान गर्ने प्रतिक्रिया दिए । अन्त्यमा आफूले न्याय पाउने उनको विश्वास छ ।

चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले अहिलेसम्म जितको प्रमाणपत्रसमेत बुझेका छैनन् ।

चौधरीले थारुवानसँग कुरा गर्दै आफू नेपाल आएर अदालतकाे सम्मानका लागि गिरफ्तारी दिएको बताए। उनले टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको भन्दै प्रमाणपत्र पाउनुपर्ने दाबी गरे। त्यसका लागि उनले आजै निवेदन दिने तयारी गरेको बताए। ‘मैले अदालतकाे सम्मान गर्दै गिरफ्तारी दिएको हुँ। आशा छ अदालतले मलाई न्याय दिनुहुन्छ। जनताले चुनेको मैले शपथ खान पाउनुपर्छ। त्यसका लागि म आजै निवेदशन बुझाउने तयारीमा छु,’ उनले टेलिफोनमार्फत् भने।

Leave a Reply

Your email address will not be published.