प्रदेश न‌ं. ७ को पहिलो बैठकमै रेशम चौधरीको प्रमाणपत्र माग

प्रदेश नं. ७ का सांसदहरुले सुदुर पश्चिमको विकासको लागि साझा संकल्प बनाउनु पर्नेमाा जोड दिएका छन् । आइतवार धनगढीमा भएको पहिलो प्रदेश सभा बैठकमा बोल्ने ४ दलका सांसदहरुले यसअघि पिछडिएको सात नम्बर प्रदेश अब विकास र समृद्धिको चरणमा प्रवेश गर्ने विश्वास लिएका हुन् ।

प्रदेश सभाको पहिलो बैठकको विशेष समयमा बाजुरा जिल्लाबाट निर्वाचित एमालेका सांसद प्रकाशबहादुर शाहले लामो संक्रमणकालपछि आजदेखि स्थायी र समृद्धिको युग सुरु भएको उल्लेख गरे । प्रदेश नं. ७ सम्भावनाले भरिएकोले यहाँको प्राकृति स्रोत साधनको सदुपयोग गरेर समृद्धिको बाटो पहिल्याउनुपर्ने उनको भनाई थियो ।

त्यस्तै नेपाली काँग्रेसका सांसद भरत खड्काले अबको समय हौसिने, मात्तिने नभएको बताउदै राष्ट्रिय अखण्डता, आर्थिक समृद्धिको लागि जुट्नुपर्ने बेला आएको उल्लेख गरे । सत्ता पक्ष र प्रतिपक्ष नभनी अबको समय विकासको लागि खर्चनु पर्ने खड्काको भनाई थियो ।

सत्ता पक्ष र प्रतिपक्ष नभनी अबको समय विकासको लागि खर्चनु पर्ने खड्काको भनाई थियो । नेकपा माओवादी (केन्द्र) का सांसद त्रिलोचन भट्टले प्रदेश सरकारले अबको समयमा दुरदराजका जनताले महसुस गर्न सक्ने विकासको अनुभुती गराउन सक्नु पर्नेमा जोड दिए । यहाँको जलस्रोतलाई मात्रै सदुपयोग गर्न सके प्रदेश समृद्धि बन्ने उनको दावी थियो ।

त्यस्तै, राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाथारुले टीकापुर घटना राजनीतिक घटना रहेकोले तत्काल सम्बोधन गर्नुपर्ने माग गरिन् । थरुहट र मधेश आन्दोलनको क्रममा घटेको घटना छानविनको लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वको आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गरिनु पर्नेमा माग राखिन् ।

साथै उनले प्रतिनिधि सभा सांसद रेशमलाल चौधरीलाई बिजयको प्रमाणपत्र दिनुपर्नेमा अडान राख्दै तबमात्रै सामाजिक सद्भाव सुमधुर हुने उल्लेख गरिन् । ५३ जना सांसद रहेको प्रदेश नं. ७ को प्रदेश सभाको सञ्चालन जेष्ठ सांसद दिव्यश्वरी शाहले गरेकी थिइन् । प्रदेश सभाको दोस्रो बैठक माघ २९ गते बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published.