रामधुनीमा थारु भाषा लागू गर्न माग

सुनसरीको रामधुनी नगरपालिकामा थारु भाषालाई कामकाजीको भाषामा लागू गर्न थारु मिडिया सोसाइटीलगायत थारु सम्बद्ध संघ संस्थाले माग गरेका छन् । आज १० दिने रेडियो उदघोषण तथा पत्रकारिता तालिमलाई उदघाटन गर्दै रामधुनी नगरपालिकामा थारु भाषा लागू यस्तो माग गरेको हो ।

थारु मिडिया सोसाइटी सुनसरीले आयोजना गरेको कार्यक्रममा करिब आधा दर्जन संघ÷संस्थाले सयुंक्त रुपमा हस्ताक्षर गरी विज्ञप्तीमार्फत माग गरेका छन् ।

उदघाटन कार्यक्रममा बोल्दै समाजसेवी तथा राजनीतिज्ञ शंकरलाल चौधरीले रामधुनी नगरपालिकामा प्रत्येक वडाहरु करिब ८० प्रतिशत थारु समुदायको बसोबास रहेकाले थारु भाषा लागू भएपछि सरकारी काम गर्न सहज हुने बताए ।

त्यसैगरी झुम्का खानेपानी उपभोक्ता समितिका अध्यक्ष केसीलाल चौधरीले थारु भाषा लागू हुदाँ थारु समुदाय संस्कृति भाषा संरक्षण हुने साथै काम पनि सहजता हुने पनि बताएका हुन ।

थारु भाषा लागू गर्न आदिवासी जनजाति महासंघ रामधुनीका अध्यक्ष राजकुमार चौधरी, थारु महिला सभा रामधुनी नगरका अध्यक्ष सीता चौधरी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडका, वरिष्ठ पत्रकार यम प्रधान लगायतले आ–आफना मन्तव्य राखेका थिए ।
रामधुनी नपामा थारु समुदायको करिब ७० प्रतिशत जनसंख्या बसोबास रहेको हुनाले थारु भाषा लागू भएपछि थारु पहिचानको अस्तित्व रहने प्रकृतिले जानकारी गराए ।

थारु मिडिया सोसाइटी सुनसरीको आयोजना भएको माघ १६ गतेबाट सञ्चालन भएर २६ गते समापन हुने तालिममा सुनसरीका ६० जना प्रक्षार्थीहरुको सहभागी रहेको छ ।

Leave a Reply

Your email address will not be published.