दाङको घोराहीमा पनि माघी महोत्सव हुने

सन्तोष दहित/घोराही।

दाङको सदरमुकाम घोराहीमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघसस्थाको सहकार्यमा माघी महोत्सव २०७४ हुन लागिएको आयोजक संस्थाले जनाएको छ । थारु कल्याणकारिणी सभाको पहलमा मंगलबारको दिन बसेको थारु अगुवाहरुको भेलाले एक दिने महोत्सव आयोजना गर्ने निश्कर्ष निकालेको हो ।

पुस २८ गते जिल्ला समन्वय समितिको प्रांगनमा महोत्सव आयोजना गर्ने निर्णय समेत गरिएको छ । यसैगरी महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि थारु कल्याणकारिणी सभा दाङका सभापति तेजमान चौधरीको संयोजकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

यसैबीच समितिमा छिटोछरितो काम गर्नका लागि महोत्सव मूल आयोजक समितिका संयोजक तेजमान चौधरीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समिति पनि गठन गरेको छ । सचिवालय सदस्यमा केवि चौधरी, लक्ष्मीमान चौधरी, सालिकराम चौधरी, माधव चौधरी, खोपीराम चौधरी सन्तोष दहित, अशोक चौधरी, प्रकाश चौधरी, दीपक चौधरी, नविन चौधरी, नगेन्द्र चौधरी छन् ।

त्यसैगरी महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न उपसमिति पनि गठन गरिएको छ । केबी चौधरीको संयोजकत्मा ५ सदस्यीय आर्थिक तथा संघसस्थाहरुसंग समन्वय उपसमिति गठन गरिएको छ । त्यसैगरि सन्तोष दहितको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार उपसमिति, लक्ष्मीमान चौधरीको संयोजकत्वमा ११ सदस्यीय सांस्कृतिक उपसमिति गठन गरिएको छ ।

त्यसैगरी माधव चौधरीको संयोकत्वमा १५ सदस्यीय मञ्च व्यवस्थापन तथा भोजन उपसमिति, सालिकराम चौधरीको संयोजकत्वमा ९ सदस्यीय कलाकार समन्वय उपसमिति गठन गरिएको छ । यसैगरी अशोक चौधरीको संयोजकत्वमा ५१ सदस्यीय स्वंसेवक उपसमिति, विष्णु कुसुमको संयोजकत्वमा ७ सदस्यीय अतिथि सत्कार उपसमिति गठन गरिएको मुल आयोजक समितिका संयोजक तेजमान चौधरीले जानकारी दिए ।

यसैगरी दंगीशरण गाउँपालिकामा हुन लागेको माघी विशेष साँस्कृतिक कार्यक्रमको उद्घाटन नेकपा एमालेका स्थायी सदस्य एवं पुर्व सूचना मन्त्री शंकर पोख्रेलले गर्न कार्यक्रम रहेको आयोजक संस्थाले जानकारी दिएको छ । हमार दंगीशरण क्लव हेकुलीको आयोजनामा हुन लागेको यहि २७ र २८ गते दुइदिने विशेष थारु साँस्कृतिक कार्यक्र आयोजना गरिएको क्लबका सचिव नविन दहितले जानकारी दिए । उनका अनुसार साँस्कृतिक कार्यक्रममा थारु समुदायको विशेष मघौटा नाचको प्रतियोगिता हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष प्रस्तुतिन हने भएको छ।

Leave a Reply

Your email address will not be published.