दंगीशरण गाउँपालिकामा माघी विशेष साँस्कृतिक कार्यक्रम हुने

दंगीशरण गाउँपालिकामा माघीको अवसरमा माघी मिलन तथा थारु साँस्कृतिक कार्यक्रम हुने भएको छ । हमार दंगीशरण क्लवको आयोजनामा पुस २७ र २८ गते दंगीशरण गाँउपालिका वडा नं ३ हेकुलीमा गाउँपालिका स्तरीय साँस्कृतिक कार्यक्रम गर्न लागिएको हमार दंगीशरण क्लब सचिव नविन दहितले जानकारी दिए । उनको अनुसार मघौटा नाच प्रतियोगिता गरिनेछ ।
यसैगरी सचिव चौधरीको अनुसार साँस्कृतिक कार्यक्रमलाई सफल बनाउनका लागि क्लबका अध्यक्ष धनिराम चौधरीको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । सदस्यमा नविन दहित, मित्र कुसुम्या, राजेन्द्र कुसुम्या, राजकुमार चौधरी, रेशम चौधरी, धनविर चौधरी, रामप्यारी चौधरी, कृष्ण चौधरी, जया चौधरी लगायत सदस्य छन् ।

यसैगरी साँस्कृतिक कार्यक्रमलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । नविन दहितको संयोजकत्वमा ३ सदस्यी आर्थिक उपसमिति, राजकुमार चौधरीको संयोजत्वमा ७ सदस्यीय सांस्कृतिक उपसमिति, मनिराम चौधरीको संयोकत्वमा ५ सदस्यीय प्रचार प्रसार उपसमिति गठन गरिएको छ । त्यसैगरी रेशम चौधरीको संयोजकत्वमा ४१ सदस्यीय स्वंसेवक उपसमिति, राजेन्द्र कुसुम्याको संयोजकत्वमा १७ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति, आरएन दहितको संयोकत्वमा ५ सदस्यी भोजन तथा आवास व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

दुई दिनसम्म चल्ने थारु साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने क्लबका सचिव दहितले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.