सप्तरीमा दोस्रोपटक निर्वाचित हुँदै तेजुलाल चौधरीले रचे इतिहास

सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा कांग्रेसले जित हासिल गरेको छ । यस क्षेत्रबाट कांग्रेसका उम्मेदबार तेजुलाल चौधरी दोस्रो पटक निर्वाचित हुँदै इतिहास रचेका हुन् । यसअघि उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनी यही क्षेत्रबाट कांग्रेसबाटै विजयी थिए ।

चौधरी २४ हजार १ सय १३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी राजपाका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८ सय ८६ मत ल्याए ।

वर्तमान सरकारको युवा तथा खेलकुद राज्य मन्त्री चौधरीको यो क्षेत्रमा लगातार दोस्रो जित हो । चौधरीले यादवलाई ९ हजार २ सय २७ मतले पराजित गरे । यस्तै बाम गठबन्धनका उम्मेदबार इस्लामले १४ हजार ३ सय ५ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published.