दाङ ३(क)मा कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी

दाङ क्षेत्र नम्बर ३(क)मा कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी विजयी भएका छन्। उनले १७०३६ मतसहित विजय भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी माओवादीका जगप्रसाद शर्माले १४७०० मत प्राप्त गरे। चौधरीलाई कांग्रेसबाट प्रदेश ५ मा मुख्यमन्त्रीको रुपमा हेरिएको थियो।

जीतपछि चौधरीले जनताको हितमा र लोकतन्त्रको संस्थागत विकास तथा सुदृढिमा आफ्नो ५ वर्ष विताउने बताएका छन्।

Leave a Reply

Your email address will not be published.