सप्तरीमा २ मा उपेन्द्र यादव भारी मतले विजयी

सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार संघीय फोरम अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० प्राप्त गरे।

Leave a Reply

Your email address will not be published.