बाम गठबन्धनका उम्मेदवारले आचारसंहिता उल्लघंन गर्दै

बर्दिया क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धका थारु उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिकएको छ। नेपाली कांग्रेसबाट बौद्धिक नेता डा गोपाल दहितले उम्मेदवारी दिएका छन्। जुन बाम गठबन्धको लागि सकस बनेको स्थानीय चीरगञ्जवी थारुले जानकारी दिए। एमालेका पूर्वसांसद समेत रहेका उनले दहित एक शिक्षित र कानुन बुझ्ने उम्मेदवार रहेको बताए।

यता माओवादी केन्द्रका सन्तकुमार थारु यसअघि पनि दुई पटक सांसदमा निर्वाचित बनेका थिए। तर थारुहरुका लागि सक्ने काम गर्न नसकेको चिरञ्जबी बताउँछन्। त्यसैले पनि यसपाली जनताले नयाँ अनुहार खोजेको उनको दाबी छ।

दुबै उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन्। दहित थारु पहाडी सबैको रोजाईमा पर्न थालेको उनका स्वकीय सचिव सीताराम थारुले जानकारी दिए। यता सन्तकुमारले भने दुई दुई पटक सांसद बनेरपनि कमैया कमलरीको माग मुद्दाबारे केही आवाज नउठाएको उनको गुनासो छ। त्यसैले पनि अहिले नयाँ अनुहारको खोजी भएको सीतारामको ठम्याई छ।

दहितको पक्षमा जनलहर आएसँगै बाम गठबन्धलाई सकस भएको उनले बताए। त्यही भएर बाम गठबन्धनले आचारसंहिता उल्लंघन गर्दै हिँडेका छन्। उनीहरुले झन्डा च्यातेर फाल्न थालेको उनले बताए। सीतारामले यस्तो अराजक गतिविधि सन्तकुमार थारुका कार्यकर्ताले गरेको आरोप लगाए। यस्तो अराजक गतिविधि तुरुन्त रोकाउन उनले प्रशासनसँग माग गरेका छन्। उनले कांग्रेसको जित सुनश्चित रहेको भन्दै दादागिरी देखाएर चुनाव नजितिने बताए।

‘यहाँ विचारको लडाई लडेर जनताको मन जित्ने हो, झण्डा फालेर दादागीरी देखाएर अब जनता पत्याउनेवाला छैनन्,’ उनले भने।

Leave a Reply

Your email address will not be published.