पत्रकार र कलाकारको हकहितको लागि काम गर्छु : समानुपातिक उम्मेदवार चौधरी

सुनिल चौधरी/झुम्का।
पत्रकार र कलाकारको सुरक्षाको दायित्व बोक्दै थारु फिल्मका महानायक पर्शुराम चौधरी प्रदेश नं. १ मा समानुपातिकका उम्मेदवार भएका छन्। लामो समयदेखि कलाकार र पत्रकारितमा आबद्ध भएर कार्य गर्दै आएका चौधरी बाम गठबन्धनको माओवादी केन्द्रको तर्फबाट उमेदवारी दिएको हो।

कलाकार तथा पत्रकारहरु हकहितको मुद्दा उठाउँदै आएका महानायक चौधरीले आफू जिते यसलाई शसक्त बनाउने प्रतिबद्धता जनाए। सबैको कुरा बोल्ने कलाकार र पत्रकार नै ओझेलमा पर्दै गएका कारण सुरक्षा र पेसामा चुनौति बन्दै गएको बताउँदै उनले मतका लागि सबैसमक्ष अनुरोध गरे। थारु पत्रकार संघ सुनसरीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताए।

थारु, नेपाली, भोजपुरी, मैथली भाषाका फिल्म,एल्बम र नेपाल टेलिभिजनबाट थारु भाषाका कार्यक्रम सञ्चालनमा ब्यस्त रहेका उनी अहिले गाउँ घरमा चुनाबी प्रचार प्रसारमा ब्यस्त छन्। भाषा संरक्षणमा लागिपरेका उनी थारु भाषाको पहिलो फिल्म ‘करम’का निर्देक पनि हुन्।

संघर्ष नै जीवन हो भन्दै उनले थारु भाषाका चलचित्र दर्शकसामु ल्याएरै छाडे। चलचित्र बिकास बोर्डबाट स्वीकृति लिएर दर्शकमाझ ल्याउँदा त्यसबाट थारु भाषाको जीत भएको चौधरीले बताए। उनले आफूले गरेको परिश्रमको जीत भएको उनले बताए।

यसरी नेपाली संस्कार संस्कृति संरक्षणका लागि उनले धेरै संघर्ष गरेका छन्। २०४३ सालबाट पत्रकारितामा आबद्ध भएर नेपाल टेलिभिजनमा प्राविधिक, रिपोर्टिङ, कार्यक्रम सञ्चालक गर्दै आएका उनले थारुहरुको हकहित र कल्याणको लागि जीवन समर्पित गर्दैआएका छन्। उनले अब राजनीतिमार्फत् थप सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

सुनसरी रामधुनीको झुम्का बजारमा म्याजिक सिनेमा हलका सञ्चालकसमेत रहेका चौधरी नेपाली चलचित्र बलिदानलगायत बिभिन्न भाषाका चलचित्रमा अभिनय गरेका छन्। थारु कलाकार तथा चलचित्र संघका केन्द्रीय अध्यक्ष रहेर अहिले गाउँ घरमा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सो संस्थाबाट अगाडि बढेका छन्।

Leave a Reply

Your email address will not be published.