श्रीनिवास चौधरीको नयाँ नेपाली गीत आउँदै

विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा लागेका सञ्चारकर्मी तथा गायक श्रीनिवास चौधरी विभिन्न भाषाभाषीका गीत गाउँदै आएका छन्। उनै गायकले नेपाली आधुनिक गीतमार्फत छुट्टै पहिचान बनाउन सफल भएका छन्।

उनीले गाएको नेपाली आधुनिक पप गीत बजारमा ल्याउने तयारीमा छन्। गणेश सुबेदीको शब्द ,श्रीनिवास चौधरीको संगीत, गणेश चौधरीको संगीत संयोजननमा ‘तिमी नै तिमी’ बोलको गीत ल्याउन लागेका हुन्। जसमा श्रीनिवास र उमा चौधरीको स्वर छ।

गीतको म्युजिक भिडियो हिरा चौधरीले निर्देशन गरेका छन्। अजय चौधरी र एन्जिला धितालको अभिनय र लक्षमण घिमिरे र पतिराम थनेतको छायांकन रहेको उक्त गीतको कभर सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published.