प्रतिनिधिसभाका लागि कैलाली ३ मा रामजनमले टिकट पाए, जनकराजले पाएनन्

नेपाली कांग्रेसले थारु नेता रामजन चौधरीलाई कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको टिकट दिएको छ । कैलाली क्षेत्र नम्बर १ दाबी गरेका जनकराज चौधरीलाई भने प्रदेशसभा ‘क’को टिकट दिएको छ । पार्टी प्रवेश गर्दा यी दुबै नेतालाई नेता विजयकुमार गच्छदारले प्रतिनिधि सभाको टिकट दिनुपर्ने दबाब दिएका थिए ।
कांग्रेस नेता सावदका अनुसार कैलालीमा प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा इश्वरी न्यौपाने तथा त्यस क्षेत्रको प्रदेश सभातर्फ ‘क’बाट जनक चौधरी र ‘ख’बाट रणबहादुर रावलले टिकट पाएका छन् ।

क्षेत्र नम्बर २ मा मंगलबारमात्र एमालेबाट प्रवेश गरेका मोहनसिँह राठौरले प्रतिनिधिसभामा तथा प्रदेशतर्फ ‘क’बाट हेमबहादुर रावल र ‘ख’बाट अरुण चौधरी उम्मेदवार हुनेछन् ।

क्षेत्र नम्बर ३ रामजनम चौधरीलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । त्यस क्षेत्रबाट प्रदेशतर्फ ‘क’बाट पुरन चौधरी र ‘ख’बाट लक्ष्मण शाहले टिकट पाएका छन् ।

यस्तै कैलालीकै क्षेत्र नम्बर ४ बाट सुनिल भण्डारी प्रतिनिधि सभा र प्रदेशसभाको ‘क’बाट यज्ञराज चौधरी र ‘ख’बाट हिरादत्त भट्टले टिकट पाएका छन् ।

क्षेत्र नम्बर ५ मा प्रधानमन्त्रीपत्नी डा। आरजु राणा देउवाले प्रतिनिधिसभामा उम्मेदवारी पाएकी छन् । प्रदेश सभातर्फ ‘क’बाट जस्वन राना थारु र ‘ख’बाट डिल्लीराज पन्तलाई टिकट दिएको संसदीय समिति सदस्य सावदले बताए ।

Leave a Reply

Your email address will not be published.