सुनसरीको दुहबीमा दुर्घटना हुँदा कुन्तोष चौधरीको मृत्यु

सुनसरीको दुहवी नगरपालिका–४ डाँडाचोकमा डब्लु बी १५ ए ७९९५ नम्बरको ट्रकले विपरीत दिशावाट अगाडि आउँदै गरेको को २० प ६०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही मोटरसाइकलमा यात्रारत दुहवी–४ का २५ वर्षीय कुन्तोष चौधरीको मृत्यु भएको छ ।

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुहवी–४ का मोटरसाइकल चालक सञ्जय साह तथा सोही स्थानका मोटरसाइकलमा सवार २५ वर्षीय कृष्ण विश्वास र अर्का पछाडि बसेका २५ वर्षीय कुन्तोष चौधरी गम्भीर घाइते भई उपचारार्थ विराटनगरको गोल्डेन अस्पताल पु¥याएपछि कुन्तोषको मृत्यु भएको ट्राफिक प्रहरीले बताएको छ ।

गम्भीर घाइते अन्य दुई जनाको भने अस्पतालमा नै उपचार भइरहेको छ । ट्रकका चालक भने फरार रहेकाले उनको खोजी भइरहेको र ट्रकलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.