नवलपुरमा जितिया पर्वको रौनक सुरु

नवलपरासीको नवलपुर क्षेत्रमा जितीया पर्वको रौनक छाएको छ । जितिया पर्व मंगलबारबाट सुरु भएपनि केही दिन अगाडिबाटै जितिया पर्वको अवसर पारेर विभिन्न थारु नाच, झाम्टा नाचकाे प्रतियोगितादेखि शुभकामना आदान प्रदान कार्यक्रम सुरु भएको छ । जितीयाको अवसर पारेर कावाासेतीमा मंगलबार कुमारवर्ती माई थारु गुठी संरक्षण संस्थाले जितीया विशेष झाम्टा, लाठीनाच र डटकट कार्यक्रम गरेको छ ।

कार्यक्रममा नवलपुर क्षेत्रका विभिन्न महिला समूह तथा किशोरीहरुको समूहले बालबाविवाह बिरुद्ध, वातावरण संरक्षण, सरसफाईलगायतका विषयमा जनचेतना मूलक झाम्टा तथा लाठी नाच प्रस्तुत गरेका थिए । कार्यक्रम थारु भाषाका गायक मअधेम महतो, केशव महतोले समेत आफ्नो साङ्गेतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

यस्तै कावासोतीमा थारु महिला सभाको आयोजनामा समेत जितीया पर्वको अवसर पारेर गरिएको थियो । कार्यक्रममा नवलपुर क्षेत्रका एक सय भन्दा बढि कलाकारहरुले नृत्यु प्रस्तुत गरेका थिए ।

यस्तै जितीया कै अवसरमा राष्ट्रिय मुसहर संघ नवलपुरको आयोजनामा देवचुली नगरपालिकामा पनि सास्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा थारु समुदायका महिलाहरुले झाम्टा, लाठी नाच प्रस्तुत गरेका थिए भने तथा मुसहर समुदायका महिलाहरुले झुम्रा नाचमा झुमेका थिए ।

थारु बाहुल्यता भएको नवलपुर र आसपासका क्षेत्रमा जितीया पर्वको निक्कै रौनक छाउने गर्दछ । यस्तै यहाँ मुसहर समुदायको समेत बाक्लै उपस्थिति पाईन्छ । पछिल्लो समय आफ्ना कला संस्कृतिहरु लेप हँुदै जान थालेका कारण जगेर्ना गर्नका लागि कार्यक्रमको आयोजना गरिएको कुमारवर्ती माई थारु गुठी संरक्षण संस्थाका अध्यक्ष पृथ्वी महतोले बताए ।

पछिल्लो पुस्ताका युवा युवतिहरु आफ्नो मौलिक कला संस्कृति बिसिदै गएका कारण आफ्नो कला संस्कृतिको जगेर्ना गर्न जनचेतनामूलक कार्यक्रम गरिएकोे उनले बताए ।

जितीया पर्व सप्तमीबाट सुरु भई तीन दिनसम्म धार्मिक विधिपूर्वक मनाइन्छ । विवाहित महिलाहरुले मंगलबार बिहान नदी, कुवा तथा पोखरीमा स्नान गरी चोखो वस्त्र लगाएर पर्व सुरु गर्ने चलन छ ।

पहिलो दिन अर्थात यस वर्ष मंगलबार डटकट (दर) का रुपमा चिचर, माछा खाने झाम्टा नाच्ने प्रचलनमा छ । जितिया पर्वअन्र्तगत अष्टमीका दिन उपवास बसी जीतमहानको पूजा गरेर थारु पुरुहितबाट कथा प्रवचन सुरु हुन्छ । यस्तै अन्तिम दिन विधिपूर्वक जितियाको तारन गर्ने प्रचनल छ ।

Leave a Reply

Your email address will not be published.