आइसीसी सदस्यका लागि नेत्र नारायण थनेतको उम्मेदवारी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद युएईको आगामी २०१७-१९ कार्यकालका लागि नेत्र नारायण थनेतले सदस्यमा उम्मेदवारी दिएका छन्। नवलपरासी निवासी थनेत गैर आवासीय नेपाली संघ युएईका उपाध्यक्ष हुन्। थनेतसहित आइसीसी सदस्यका लागि ३ जनाको उम्मेदवारी परेको छ, जसमा ठाकुर प्रसाद ढुंगाना र चित्र बहादुर केसी छन्।

समाजिक सेवामा सक्रिय थनेत चितवनको डन्डास्थित थारु राष्ट्रिय थारु संग्राहलयका अभियन्ता पनि हुन्। उनले दलगत स्वार्थ र गठबन्धनभन्दा माथि उठेर गैर आवासीय नेपाली संघ युएईलाई श्रमिकमैत्री बनाउने प्रतिबद्धता जनाए। उनले वैदेशिक रोजगारीको सिलसिलामा खाडी क्षेत्रमा रहेका सम्पूर्ण श्रमबीबी नेपालीहरुको सामूहिक हितको काममा समावेशी एनआरएनको निर्माण गर्न आह्वान पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published.